मिनिट्रक दुर्घटनामा रामेछापका युवकको मृत्यु

मिनिट्रक दुर्घटनामा रामेछापका युवकको मृत्यु

काभ्रेको धुलिखेलमा मिनिट्रक दुर्घटना हुँदा रामेछापका युवकको मृत्यु भएको छ । बिहिबार बिहान धुलिखेल नगरपालिका–११ पात्लेखेतस्थित बीपि राजमार्गमा बा ५ ख ३०४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा चालक रामेछापको मन्थली नगरपालिका–१४ फुलासी पोखरी निवासी ३५ वर्षीय अभिजल काफ्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काफ्लेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मिनिट्रकका सहचालक दोलखाको मेलुङ गाउँपालिका–६ निवासी १७ वर्षीय कुवेर ठकुरी घाइते भएका छन् । मिनि ट्रक सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार