रामेछाप बजार नजिकैको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

रामेछाप बजार नजिकैको जंगलमा लागेको डढेलो अझै नियन्त्रणमा आएन

रामेछापको जिल्ला वन कार्यालय नजिकको जंगलमा भीषण डढेलो लागेको छ । मंगलबार दिउँसोदेखि डढेलो लाग्न सुरु भएको हो । रामेछाप बजार सहित आसपासका बस्ती जोगाउन सेना, प्रहरी, र स्थानीय डढेलो नियन्त्रणमा खटिएका छन् ।

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजार नकिकैको उक्त जंगलमा सल्लाका रुखहरु रहेका छन । डढेलो नियन्त्रणमा लिने प्रयास भैरहेको रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले जानकारी दिनुभयो ।

यस्तै रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा बिहिबार एक घर जलेर नष्ट भएको छ । बिहिबार दिउँसो वादी छापडाँडाका जित बहादुर हायुको घर र गोठमा आगोलाग्दा घर तथा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ । प्रहरी चौकी रामेछाप डाँडाका असई दिनेश प्रसाद चौलागाईका अनुसार केटाकेटीले आगो खेलाउँदा उक्त घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार