रामेछाप मन्थलीमा भ्यान दुर्घटना,चालकको मृत्यु

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं १ एकलेबर भन्ने ठाउँमा डिब्बा भ्यान दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार राति १२ बजे दोलखाबाट तरकारी,फलपूुल, लिएर ओखलढुङ्गातर्फ जादै गरेको प्रदेश ३–०१–००६ ख ३२० नम्बरको भ्यान दुर्घटना हुँदा चालक उदयपुरका प्रदिप कार्कीको ज्यान गएको हो । भ्यान सडकबाट करिव ५० मिटर तल खस्दा चालक उदयपुर कटारी […]

रामेछापका थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछाप जिल्लामा थप आठ जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि कार्तिक २४ गते पिसिआर परीक्षणका लागी प्रादेशिक जनस्वास्वास्थ्य ल्याब धुलिखेलमा पठाइएको रामेछापका २४ जनाको स्वाबमध्ये आठ जनामा कोरोना संक्रमण पु्ष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाका अनुसार मंगलबार राति आएको स्वाब […]

दलित परिवारमा सुनापति गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने

रामेछापको सुनापति गाउँपालिकाले दलित परिवाजनका लागि निःशुल्य स्वास्थ्य विमा सञ्चालन गरेको छ । गत आर्थिक वर्ष २०७६र०७७ देखि सञ्चालनमा ल्याएको दलित घर परिवारका सदस्यहरुको निःशुल्क स्वास्थ्य विमा कार्यक्रमलाई पालिकाले चालु आर्थिक वर्ष पनि निरन्तरता दिएको हो । पालिकाले प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँ तिरेर विमा गरेको सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो । […]

रामेछापको धोविमा अबैध पोलीक्लिनिक संचालन

रामेछाप जिल्लाको लिखु तामाकोशि गाउँपालीकाको मुख्य बजार धोवि बजारमा गैरकानूनी रुपमा पोलीक्लीनिक संचालन हुन लागेको छ । त्यसका लागि लगानिकर्ताहरुले पहिलो चरणमा वजारको मध्य भागमा घर भाडामा लिएर औषधि पसल संचालनमा ल्याउनुका साथै पोलिक्लीनका लागि आवश्यक सवै सामाग्री समेत स्टोर गरि सकेका छन् । पोलिक्लिनिक तथा औषधि पसल संचालनका लागि एक्सरे प्राविधिकको मात्र अनुभब भएका […]

रामेछापका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका २४ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा हालसम्म दुईहजार ३ सय १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाका १६३ जनाले कोरोना भाईरसलाई जितेका छन । विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १७९ जनामध्ये […]

उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरीको अब निशुल्क हवाई उद्दार हुने

महिला बालबालिक तथा जेष्ठ नागरिक मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत रामेछापको उमाकुण्ड गाउँपालिकाका गर्भवती र सुत्केरी महिलाको पनि निुशल्क उद्दार गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट गर्भवती र सुत्केरी महिलालाई अस्पताल पुर्याउन भौगोलिक हिसाबमा टाढा भएको कारण अकालमै ज्यान गुमाउन नपरोस भनेर रामेछापका प्रमुख जिल्ला अधिकारीले निशुल्क उद्दार गर्न महिला तथा बालबालिका मन्त्रालयमा पत्राचार […]

नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भएपनि […]

देशमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका मन्त्रालयका […]

रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षा सुरु

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा आजदेखि कक्षा ११ को परीक्षासुरु भएको छ । कोभिड १९ को विश्वव्यापी माहामारीका कारण उत्पन्न परिस्थतीले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको २०७७ सालको कक्षा ११ को वार्षिक परीक्षा आजेदेखि सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सुकदेव नेपालले जानकारी दिनुभयो । रामेछाप नगरपालिका अन्तर्गत रहेका ५ वटा माध्यमिक विद्यालयहरुले कोरोनाका कारण […]

देशमा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा १ लाख ९१ हजार ६ सय ३६ सङ्क्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ […]