सकेको सहयोग गरेर आफनो ज्यान बचाईदिन मिर्गौला पिडित तामाङको अपिल

रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका ७ ताल्दुङ निवासी हरिमाया तामाङको दुबै मिर्गौला फेल भएपछि अहिले उहाँ र उहाँको परिवारलाई निकै समस्या परेको छ । मिर्गौला प्रत्यारोपण गर्न करिब १३ लाख लाग्ने भएपछि उहाँहरु उपचार खर्चको अभावमा हुनुहुन्छ । श्रीमान र दुई छोरा रहेको तामाङको परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको छ । घर गाउँमा खेती किसान […]

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

अतिआवश्यक सेवा बाहेक काठमाण्डौँ आवतवाजत बन्द

गृहमन्त्रलयले साँझ ७ बजेदेखि भोलिपल्ट विहान ७ बजेसम्म काठमाण्डौ उपत्यकाका नाकामा प्रवेश गर्न रोक लगाएको छ । बिहीबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले रातको समय काठमाण्डौ उपत्यका प्रवेशमा रोक लगाएको हो । मन्त्रालयले उपत्यका भित्रिने धेरै यात्रुमा कोरोना संक्रमण देखिएको भन्दै यो निर्णय गरेको हो । यो निर्णय साउन १५ देखि नै लागू हुने गरी साँझ […]

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ए ग्रेडमा परेको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम ए मा पर्न सफल भएको हो । गृह मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबिच आर्थिक वर्ष ०७६ र ७७ मा कार्यसम्पादन मुल्यांकन सम्झौता भएको थियो । ६ […]

प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ 

प्रहरीलाई घुस दिन खोज्दा भक्तपुरमा एक जना पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीस्थित सडकमा महानगरीय प्रहरी प्रभागबाट ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने मोरङ विराटनगर उपमहानगरपालिका–१ घर भई हाल सानोठिमी बस्ने ३० वर्षका जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । बा.९० प २२५० नम्बरको मोटरसाइकल आज चेकजाँच गर्नेक्रममा मादक पदार्थ सेवन गरेका […]

रामेछाप सुकाजोरमा कबर्ड हल बन्दै ( फोटोफिचर )

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरमा नगरपालिकाको गौरवको आयोजना अन्तर्गत कबर्ड हल निर्माणाधीन अवस्थामा छ । ५ करोड २० लाख लागतमा निर्माण हुने कबर्ड हल कस्तो बन्दै छ त ? यो सबैको चाँसो र सरोकारको विषय हो । सुकाजोरमा बन्दै गरेको कबर्ड हल यस्तो बन्दै छ । हेर्नुस तस्विरमा :

प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

प्रहरी प्रधान कार्यालय काठमाडौंमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई सङ्क्रमण देखिए पनि थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजीपी […]

रामेछापका ५३० जनाको पीसीआर परीक्षण, ५६ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आईतबार अर्थात आजसम्म ५ सय ३० जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने संक्रमित २ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ५ सय […]

रामेछाप हिलेपानी भालुखोप सडक कालोपत्रै हुँदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको गौरवको योजना अन्तर्गत वडा नम्बर ७ मा पर्ने हिलेपानी भालुखोप सडक खण्ड अन्तर्गत ३ किलोमिटर सडक कालोपत्रेको काम अगाडि बढेको छ । अहिले सडक कालोपत्रे गर्नका लागि धमाधम काम भैरहेको वडानम्बर ७ का वडाअध्यक्ष समीर कार्किले जानकारी दिनुभयो । जम्मा १ करोड ५९ लाख लागतमा बाग्मती प्रदेशको ८४ लाख र बाँकी […]

वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु

सरकारले वाग्मती प्रदेशमा सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट वितरण शुरु गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र प्रदेश नं ३ का भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले संयुक्त रुपमा आज टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टरमा यसको वितरण शुरु गर्नुभएको हो । मन्त्री नेम्वाङले डिजिटल प्रविधिमा गएर स्मार्ट प्लेट रुपका रुपमा इम्बोस्ड प्लेट देशभरका […]