रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछापका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लाका ८ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । गोकुलगंगा गाउँपालिकाबाट ८ जनाको स्वाब पिसिआर परीक्षणका लागी संकलन गरी पठाइएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लामा हालसम्म दुईहजार ३ सय ९३ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा दुईहजार १ सय ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९७ जनामध्ये १८७ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् ।

जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले पुनः पोजेटिभ रिपोट आएका मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सक सहित मन्थली नगरपालिकामा ११ जना र जिल्ला अस्पताल रामेछापमा एकजना गरी १२ जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ । जिल्लामा हालसम्म दुईहजार ३८५ जनाको स्वाब परीक्षण गरिएकोमा दुईहजार १८६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म जिल्लाको मन्थली नगरपालिकामा ९७ जना, रामेछाप नगरपालिकामा २८ जना ,गोकुलगंगा गाउँपालिकामा २५ जना ,लिखुतामाकोसी गाउँपालिकामा २० जना , सुनापति गाउँपालिकामा दशजना , जिल्ला अस्पतालमा नौँ जना ,उमाकुण्ड गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा तीनजना कोराना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालयका अनुसार रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ८२ जना र पुरुष १८७ जना गरी २६९ जनालाई कोरोना सङ्क्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार