दोरम्बा गाँउपालिकामा नब निर्मित प्रहरी चौकीको भवन उद्घाटन

दोरम्बा गाँउपालिकामा नब निर्मित प्रहरी चौकीको भवन उद्घाटन

रामेछापको दोरम्बा गाँउपालिकाको दोरम्बा बजारमा नब निर्मित प्रहरी चौकीको भवन उद्घाटन गरिएको छ । प्रदेश सरकारको मूल्य अभिबृद्धि कर सहित २ करोड ३५ लाख ९० हजार ७१ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त चौकिमा ब्यारेक, भान्सा र शौचालयका छुट्टा छुट्टै भवनहरु रहेका छन् । बागमति प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले आईतबार एक कार्यक्रमका विच भवनको उद्घाटन गर्नुभएको छ । भवन उद्धघाटन कार्यक्रममा बोल्दै मन्त्री जम्मकट्टेलले भवन बनेसँगै नागरिकहरुको शान्ति सुरक्षा मजबुद बनाई अपराधिक कृयाकलाप हुन नदिनका लागि सहज हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार