सुनकोशी नदीमा ४६५ मिटर लामो झोलुङ्गे पुल बन्ने

सुनकोशी नदीमा ४६५ मिटर लामो झोलुङ्गे पुल बन्ने

सिन्धुली र रामेछापको भौगोलिक सीमाना छुट्याउने सुनकोशी नदीमा पिल्लरसहितको झोलुङ्गे पुल राख्नका लागि लेआउट डिजाइन तयार गरिएको छ । झोलुङ्गे पुल निर्माणपछि खाँडादेवी गाउँपालिकाको वडा नम्बर १ को कोथपे र सुनकोशी गाउँपालिकाको वडा नम्बर २ को मझुवा बगरको आवागमनलाई सहज बनाउने छ । पुलको लम्बाई ४६५ मिटरको हुनेछ । पुलको बीचमा सहित स्टिलको आकर्षक पिल्लर राखिने छ । सो पुल निर्माणपछि आन्तरिक पर्यटनको विकासमा समेत टेवा पुग्ने खाँडादेवी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु श्रेष्ठको विश्वास छ । काठको परम्परागत डुङ्गा, र्याफ्टिङ र गाडीको ट्यूवबाट वारपार गर्नुपर्ने जोखिमपूर्ण यात्राको अन्त्य हुने छ । सो घाटमा जोखिमपूर्ण यात्राका क्रममा विगत वर्षहरुमो धेरै जनाले ज्यान गुमाइसकेका छन् । सो स्थानमा पुलको अभावमा दैनिक खेतीपातिका लागि आउजाउ गर्नसमेत कोथपेवासीलाई समस्या परेको थियो । सो स्थानमा पुल निर्माणका लागि ठेकेदार कम्पनी, डोलिडारका इन्जिनियर, प्राविधिक र स्थानीय युवाको सहभागितामा पुलको लेआउट कार्य सम्पन्न भएको जनाइएको छ । वडा अध्यक्ष विष्णु श्रेष्ठका अनुसार, करिव सात करोड ५० लाख रुपियाँ लागतमा संघीय सरकारको सहयोगमा निर्माण पुल निर्माण गरिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार