नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पीसीआर परीक्षणमा गरिएको छ । गत २४ घण्टामा २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५६१ जना संक्रमित भएका छन् । काठमाडौंमा ४५५, ललितपुरमा ८० र भक्तपुरमा २६ जना नयाँ संक्रमित थपिएका छन् । हाल देशभर १५ हजार ७ सय ७६ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार