नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३ सय ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण भएका छन् । मन्त्रालयका अनुसार आज नयाँ थपिएका कोरोनाका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार