हालसम्म रामेछापका ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म रामेछापका ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

हालसम्म जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ९४ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका २ सय ५८ जनामा गरी ४ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछाप जिल्लामा हालसम्म दुईहजार ३ सय ७२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसमध्ये दुईहजार १ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जिल्ल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका १९४ जनामध्ये १८७ जनाले कोरोना भाईरसलाई जितेका छन भने ९ जना संक्रमितको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार