रामेछापमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप तीन जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यहि मंसिर १५ गते रामेछापको मन्थली नगरपालिकाबाट कोरोना परीक्षणका लागि पठाइएका १३ जनाको स्वाबमध्ये तीनजनाको रिपोट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । आज आएको रिपोर्ट अनुसार मन्थली नगरपालिका वडा नं की ३७ वर्षीया महिला, मन्थली नगरपालिका वडा नं ७ का ५५ वर्ष र मन्थली नगरपालिका वडा नं ५ का ६४ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको उहाँले बताउनुभयो । यो सङ्गै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १९७ पुगेको छ । यसमध्ये १८७ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भैसकेका छन् । जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले पुनः पोजेटिभ रिपोट आएका मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुईजना चिकित्सक सहित मन्थली नगरपालिकामा ११ जना र जिल्ला अस्पताल रामेछापमा एकजना गरी १२ जना सक्रिय सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार