आउँदो चैत महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन सुरु हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने भएको छ। दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो । यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका […]

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो एकैपटक ११५२ जना कर्मचारी

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती […]

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ […]

घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ गठन

रामेछापको मन्थलीमा सम्पन्न स्थानीय तहका कर्मचारीहरूको भेलाले घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ निर्विरोध निर्वाचित गरेको छ । वागमति प्रदेशका अध्यक्ष शिवजी पौडेलको अध्यक्षता एवं नेपाली काँग्रेस पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो । सो अवसरमा स्थानीयतह कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष नर बहादुर साउद, […]

भुकम्प गएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर बनेका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५० हजार ११६ निजि घरमा पुर्णरुपमा क्षेती पुर्याएको थियो । यसध्ये हालसम्म ४२ हजार ६६३ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार […]

रामेछापका एकसय २२ जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च

गएको स्थानिय निर्वाचनमा उम्मेदवारी वनेका रामेछापका १ सय २२ जना निर्वाचित जनप्रतिनिधिहरुले उम्मेदवार समयमा खर्च भएको खर्चको विवरण समेत नबुझाएको पाईएको छ । रामेछापमा स्थानिय तहको निर्वाचन भएको तीन वर्ष पुरा भइसक्दा पनि स्थानिय निकायमा उम्मेदवार वनेका निर्वाचीत जनप्रतिनिधिहरुले नै निर्वाचन खर्च बुझाएका छैनन् । निर्वाचन आयोगले उम्मेदवारी वनेका सबै राजनितिक दलका नेताहरुलाई आयोगको समयसिमा […]

रामेछापको फर्पुमा रुखबाट लडेर वृद्धको मृत्यु

रामेछापको फर्पुमा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नक्बर ६ फर्पुका ८२ बर्षिय दिपवहादुर खड्काको रुखबाट लडेर ज्यान गएको वडाअध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभएको छ । हिजो घर नजिकैको बारीमा घाँस झार्ने क्रममा रुखबाट लडे्का वृद्धलाई रामेछापमा उपचार सम्भव नभएपछि थप उपचारका लागी काठमाण्डौं लैजाने क्रममा वृद्धको बाटैमा ज्यान […]

हालसम्म रामेछापका २ सय २ जनाले जिते कोरोना

रामेछापमा थप चार जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यलय रामेछापका अनुसार शुक्रबार मन्थली नगरपालिका चार जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेमा ३२ र ३० बर्षकि महिला र ४१ र ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । शुक्रवार कोरोना मुक्त हुने […]

वाग्मती प्रदेशका तीन जना मन्त्रीद्धारा राजीनामा, सरकारकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सत्तारुढ नेकपाको केन्द्रको विवाद वाग्मती प्रदेशमा पुगेको छ । प्रचण्ड-नेपाल समूहले वाग्मती प्रदेश सरकारकाविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलकाविरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो । अविश्वास प्रस्तावमा प्रदेशका तीन जना मन्त्रीसहित ४६ जना सांसदले हस्ताक्षर गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण […]

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ । बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।