मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा परी रामेछापका एक युवकको मृत्यु भएको छ । बुधबार राति मध्यपहाडी लोकमार्ग हुँदै काठमाण्डौबाट खोटाङतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका रामेछापको मन्थली गाउँपालिका ९ का २८ वर्षीय टेकबहादुर नेपालीलाई उपचारको लागि जनसेवा हेल्थ केयर घुर्मी लगिएकोमा उपचारको क्रममा राति नै ज्यान गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार