भुकम्प गएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर निर्माण

भुकम्प गएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर निर्माण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको पाँचवर्षमा रामेछापमा भूकम्पले भत्कीएका ४२ हजार ६६३ निजी घर बनेका छन् । २०७२ साल वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५० हजार ११६ निजि घरमा पुर्णरुपमा क्षेती पुर्याएको थियो । यसध्ये हालसम्म ४२ हजार ६६३ घरको पुनःनिर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रामेछापका सूचना अधिकारी निरज श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार भूकम्पले ५० हजार ११६ निजी घरमा पुर्ण क्षेती पुर्याएकोमा ४८ हजार ६२६ लाभग्राहीले घर बनाउन सम्झौता गरेका थिए । यसमध्येबाट ४८ हजार ५३० जना लाभग्राहीले पहिलो किस्ता , ४६ हजार ५०७ जनाले दोस्रो किस्ता र ४२ हजार ६६३ जनाले तेस्रो किस्ता बुझिसकेको उहाँले बताउनुभयो । जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय रामेछापका प्रमुख गणेश अर्यालले जिल्लामा अझै एक हजार ४९० जनाले घर बनाउनका लागि अनुदान सम्झौता गर्न बाँकि रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार