प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध रामेछापमा नेपाली कांग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज रामेछाप सदरमुकाम मन्थलीमा विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस रामेछापका नेता तथा कार्यकर्ताहरुले प्रतिनिधिसभा विघटनविरुद्ध चर्को नारावाजी गरेका हुन । प्रर्दशनमा रामेछाप जिल्लाका आठै वटा स्थानीय तहबाट भेला भएका कांग्रेसका नेताकार्यकर्ता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतकको सहभागिता रहेको छ । रामेछाप सहित देशभर एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार हरेक सङ्घीय निर्वाचन क्षेत्रमा विरोध ¥याली र सभा कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस रामेछापले आइतबार साँझ राँकेजुलुस निकाल्नुका साथै राष्ट्रपति विद्यादेवि भण्डारी र प्रधानमन्त्री केली ओलीको पुत्ला दहन गरेका थिए । विघटिक संघीय संसद पुनस्थाप€नाको माग गर्दै नेपाली काँग्रेस रामेछापले राँकेजुलुस लिकालेको थियो । संसद विघटन गरेर देशलाई स्थिरतातिर धकेलेको भन्दै नेपाली काँग्रेस रामेछापले विद्यादेवि भण्डारी र प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार