आउँदो चैत महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन सुरु हुने

आउँदो चैत महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन सुरु हुने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो चैत महिनाभित्र उत्पादन सुरु हुने भएको छ। दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामावगरमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले चैत महिनाभित्र ७६ मेगावाट विद्युत उत्पादन सुरु गर्ने जनाएको हो । यसअघि सार्वजनिक गरेको तालिकाअनुसार यही पुस महिनामा पहिलो युनिटबाट विद्युत उत्पादन गर्नुपर्ने थियो । आयोजना पुनः संशोधित तालिका सार्वजनिक गर्दै २०७७ फागुनमा सुरुङमा पानी भर्ने, चैतमा पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने र २०७८ असारभित्र बाँकी ५ वटा युनिटहरुबाट पनि विद्युत उत्पादन गर्ने जनाएको छ । चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना २०६७ भदौबाट निर्माण सुरु भएको थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा ३५ अर्ब अनुमान गरिएको लागत बढेर ४९ अर्ब २९ करोड पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार