वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो एकैपटक ११५२ जना कर्मचारी

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो एकैपटक ११५२ जना कर्मचारी

वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक एक हजार एक सय ५२ जना कर्मचारी मागेको छ । प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटकमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो । वाग्मती प्रदेश लोकसेवा आयोगले यसअघि पनि चौथो तहका ४ सय ६९ जना कर्मचारी माग गरेर आवेदनसमेत लिएको छ । आज माग गरिएका कर्मचारीहरु वाग्मती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५ सय ३८ जना, ज्येष्ठतातर्फ ४ सय ७ जना, कार्यक्षमतातर्फ एक सय ९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ । वाग्मती प्रदेश लोकसेवा आयोग गठन भएपछि कर्मचारी माग गरिएको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार