घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ गठन

घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ गठन

रामेछापको मन्थलीमा सम्पन्न स्थानीय तहका कर्मचारीहरूको भेलाले घनमाया श्रेष्ठको अध्यक्षतामा ११ सदस्यिय स्थानीयतह कर्मचारी संघ निर्विरोध निर्वाचित गरेको छ । वागमति प्रदेशका अध्यक्ष शिवजी पौडेलको अध्यक्षता एवं नेपाली काँग्रेस पार्टि सभापति लवश्री न्यौपानेको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न भेलाले उक्त संघ गठन गरेको हो । सो अवसरमा स्थानीयतह कर्मचारी संघ केन्द्रिय समितिका अध्यक्ष नर बहादुर साउद, रामेछाप काँग्रेस सभापति लवश्री न्यौपाने सचिब लेख बहादुर कार्की, ट्रेड यूनियन अध्यक्ष पूर्ण सुवेदी लगाएतले संघले स्थानीय तहका कर्मचारीहरुको हक हितमा काम गर्ने बताउनु भयो । नवगठित समितिमा रहनेहरुमा उपाध्यक्ष सचिव कोषाध्यक्षमा क्रमश जनक भुजेल, शेषराज पौडेल, नारायण कुमार कार्की रहनु भएको छ भने सदस्यहरुमा तेज बहादुर खड्का, शान्ता देवी ढकाल (घिमिरे), दीपा वराल,डोर वहादुर श्रेष्ठ, ताल बहादुर खड्का सरीता तमाङ र प्रदेश सदस्यमा सुप्रभा कार्की रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार