हालसम्म रामेछापका २ सय २ जनाले जिते कोरोना

हालसम्म रामेछापका २ सय २ जनाले जिते कोरोना

रामेछापमा थप चार जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यलय रामेछापका अनुसार शुक्रबार मन्थली नगरपालिका चार जना कोरोना मुक्त भएका हुन् । कोरोना मुक्त हुनेमा ३२ र ३० बर्षकि महिला र ४१ र ३४ बर्षका पुरुष रहेको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ । शुक्रवार कोरोना मुक्त हुने सहित रामेछाप दुई सय २ जना कोरोना मुक्त भएका छन् भने एक जना गोकुलगंगा गाउँपालिकाले निमाण गरेको आइसोलेसनमा रहेको जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य कार्यलय रामेछापका अनुसार २२ सय ६७ जनाको पिसिआर बिधिबाट कोरोना परिक्षण गर्दा २ सय ३ जनाको रिपोट पोजेटिभ आएको थियो । हाल सम्म जिल्ला अस्पताल रामेछापमा ९ जना, मन्थली नगरपालिकामा १०१ जना, रामेछाप नगरपालिकामा २८ जना, उमाकुण्ड गाउँपालिकामा २ जना,खाडादेबि गाउँपालिकामा ३ जना, गोकुलगंगा गाउँपालिकामा २७ जना, दोरम्बा गाउँपालिकामा ३ जना, लिखुतामाकोसि गाउँपालिकामा २० जना र सुनपाति गाउँपालिकामा १० जनामा कोरोना पोजेटिभ आएको स्वास्थ्य कार्यलय रामेछापले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ । जिल्लाको कुनै पनि स्थानिय तहमा कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार