रामेछापमा पावर र पहुँचवालाले कोरोना विरुद्धको खोप लगाए

नेपाल सरकारले ६२ वर्षदेखि ६४ बर्ष उमेर समूहका जेष्ठ नागरिकहरूको लागि लगाउ भनि जिल्लामा पठाएको कोरोेनाविरुद्धको खोप रामेछापमा दुरुपयोग भएको सरोकारवालाहरुले गुनासो गरेका छन् । यसरी कोरोना खोप दुरुपयोग गर्नेहरुमा रामेछाप नगरपालिका, मन्थली नगरपालिका, सुनापति गाउँपालिका लगायत पालिकाहरु रहेका छन् । सरकारले जेठ २५ देखि २७ गते सम्म खोप लगाउने गरी ६२ देखि ६४ बर्ष […]

रामेछाप बजारमा बन्यो चिटिक्क परेको प्रतिक्षालय,नगर प्रमुखद्धारा उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका–८ रामेछाप विच बजारमा चिटिक्क परेको प्रतिक्षालय निर्माण भएको छ । हाट बजारमा आउने नागरीकहरु र बाटो हिँड्ने बट्ुवाहरुका लागी पानी पर्दा ओत लाग्न र यात्रुहरुलाई यातायातको साधन कुर्नको लागि सहज होस भनेर वडा कार्यालयले प्रतिक्षालय निर्माण गरेको हो । नव निर्मित प्रतिक्षालयको रामेछाप नगरपालिकाका प्रमुख नर बं थापा मगरले उद्धघाटन गर्नुभयो । […]

फुलासी स्वास्थ्य चौकीलाई लालीगुँरास युवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

रामेछापको मन्थली नगरपालिका वडा १३ मा रहेको फुलासी स्वास्थ्य चौकीलाई फुलासी लालीगुँरास युवा क्लवले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाको दोस्रो चरणको कार्यक्रम अन्तर्गत ४ थान अक्सिजन सिलिण्डर र ५ हजार थान माक्स स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको संस्थाको अध्यक्ष सन्तोष चौहानले जानकारी दिनुभयो । फुलासी स्वास्थ्य चौकीका अध्यक्ष सोम बहादुर लामाले अहिलेको यो विषम […]

रामेछापमा थपिए १२ जना कोरोना संक्रमित,आज ४६ जना निको

रामेछाप जिल्लामा आज १२ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा दुई जना, दोरम्बा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा सात जना र सुनापति गाउँपालिकामा दुई जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय १५ […]

जिल्ला अस्पताल रामेछापमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

रामेछापमा कोरोना भाइरसका कारण आज फेरी एक पुरुषको मृत्यु भएको छ । जिल्ला अस्पताल रामेछापमा आज बिहान अस्पतालमा उपचारत एक पुरुषको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ८ सल्लेका ७७ वर्षका पुरुषको कोरोना संक्रमणको कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । मृत्युकको शव नयाँ गोरख दल गणका तालिम प्राप्त […]

आज वाग्मती प्रदेशको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरिँदै

वाग्मती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको […]

रामेछापको सुनापती बेथानमा गाडी दुर्घटना ६ जना घाइते

रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानको लोप्राङमा आज बिहान गाडी दुर्घटना भएको छ । प्रदेश ३–०१ ०२४ च ५५५२ नम्वरको सिङ्गल क्याप बलेरो जीप दुर्घटना हुँदा सो जिपमा सवार ६ जना घाइते भएका छन् । दुर्घटनामा परी सुनापति गाउँपालिका–४ लोप्राङ बस्ने बर्ष २२ का रामशरण श्रेष्ठ, लोप्राङकै बर्ष १८ का रोज बहादुर श्रेष्ठ, बर्ष […]

शैक्षिक सत्र सञ्चालनमा विद्यालयमा अन्यौलता

सरकारले असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएपनि विद्यालयहरु भने अन्यौलमा छन् । शैक्षिक सत्र २०७७ सालको नतिजा प्रकाशन गर्न नसकेका विद्यालयमा नयाँ शैक्षिक सत्र कसरी सञ्चालन गर्ने भन्ने अन्यौलता देखिएको छ । जेठ ३० गते नतिजा प्रकाशन गरी असार १ गतेबाट भर्ना अभियान सुरु गरेपनि पढाई भने सुरु गरिहाल्ने अवस्था नभएको […]

रामेछापमा अब विहान ५ बजेदेखी विहान ९ बजेसम्म पसल खोल्न पाईने

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले आज राति १२ बजेदेखी लागू हुने गरी असार २ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । निषेधाज्ञा थप भएपनि जिल्लामा बैङ्क तथा वित्तीय संस्था र पसल तथा व्यवसायहरु सन्चालन गर्न पाउने समय भने केही हेरफेर गरिएको छ । अब अत्यावश्यक सामाग्री […]

सुनापतीका कोरोना संक्रमितलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण

सक्षम स्मृती प्रतिष्ठानले रामेछापको सुनापति गाउँपालिकामा रहेका कोरोेना संक्रमितहरुलाई पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको छ । सक्षम स्मृती प्रतिष्ठानका अध्यक्ष एवम नेपाल राष्टिय तामाङ घेदुङका महासचिव प्रविन कुमार बलले करिब २ लाख मुल्य बराबरको पौष्टिक खाद्यान्न तथा औषधी वितरण गरेको सुनापति गाउँपालिकाबाट अर्थमान तामाङले जानकारी दिनुभयो । गाउँपालिकाका उपाअध्यक्ष गिता विष्टको रोहबरमा उक्त सामाग्री […]