जिल्ला अस्पताल रामेछापमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा कोरोना संक्रमित थपिने क्रम जारी छ । आज मात्रै जिल्ला अस्तालमा १२ जना कोरोना संक्रमित थपिएका छन । आज रामेछाप नगरपालिकामा १ जना,उमाकुण्ड गाउँपालिकामा २ जना,खाँडादेवी गाउँपालिकामा २ जना,गोकुलगंगा गाउँपालिकामा २ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जना गरी २२ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण […]

नेपाल लाइफ इन्स्योरेन्सले भुक्तानी गर्यो मृत्यु दाबी बापतको ५ लाख ९७ हजार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय रामेछापले बीमा दावि बापत ५ लाख ९७ हजार ५ सय रुपियाँ भुक्तानी गरेको छ । कम्पनीले धनुषाको सबैला नगरपालिका वडा नं २ घर भएका हाल रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा व्यवसाय गर्दै आएका मृतक भरत पूर्वेको परिवारलाई उक्त रकम प्रदान गरिएको हो । मृतक भरत पूर्वेको […]

आज रामेछाप सहित देशभर मौसम बदली रहने, धेरै ठाउँमा पानी पर्ने सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही अधिकांश भू–भागमा पानी पर्ने सम्भावना रहेको बताएको छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिनका अनुसार आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी हुन सक्ने सम्भावना रहेको छ । त्यस्तै प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षा […]

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक आउँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र मेलम्ची आउनुहुने भएको छ । यहीअसार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा पुगेको क्षतिको बारेमा अवलोकनका लागि प्रधानमन्त्री ओली आउनलाग्नु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । बिहान १० बजे प्रधानमन्त्री ओली त्यसतर्फ आउने तयारी भएको सत्तारुढ […]

रामेछापमा थपिए २६ जना कोरोना सङ्क्रमित

रामेछाप जिल्लाभित्र लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भिडभाड बढेको छ । लकडाउन खुकुलो बनाएसँगै नागरिकहरु मास्क विना पनि बजारमा हिडडुल गर्न थालेका छन् । बजार क्षेत्रमा केही दिनयता चहलपहल बढेको छ । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम समेत उच्च रहेको स्वास्थ्य कार्यालय रामेछापले बताएको छ । रामेछाप जिल्लामा शुक्रबार २६ जना कोरोना सङ्क्रमित […]

रामेछाप जिल्लामै पहिलो पटक साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा

रामेछाप जिल्लामै पहिलो पटक रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकी पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा भएको छ । रामेछाप नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाईमा उक्त स्वास्थ्य चौकीलाई पूर्ण पोषणयुक्त स्वास्थ्य संस्था घोषणा गरिएको हो । पूर्ण पोषणयुक्त घोषणाका लागि पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको, ६ महिनासम्म बच्चाले आमाको दूध मात्रै खाएको, […]

रामेछापमा करेन्ट लगाएर माछा मार्ने ९ जना पक्राउ

अवैध रुपमा खोलामा करेन्ट लगाएर माछा मार्दै गरेका नौ जनालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लिखु तामाकोसी गाउँपालिका वडा नं ६ को खिम्ती खोलामा अवैध रुपमा करेन्ट लगाएर माछा मार्दै गरेका उनिहरुलाई पक्राउ गरिएको रामेछाप प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछाप र प्रहरी चौकी खिम्तीबाट खटिएको प्रहरीको टोलीले उनिहरुलाई माछा मार्न […]

रामेछापमा आज १० जना कोरोना सङ्क्रमित थपिए,जिल्लामा १३१ जना सक्रिय संक्रमित

रामेछाप जिल्लामा आज १० जना कोरोना सङ्क्रमित थपिएका छन् ।आज जिल्ला अस्पालतमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, उमाकुण्ड गाउँपालिकामा एक जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा एक जना र लिखुतामाकोशी गाउँपालिकामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । योसँगै जिल्लामा कोरोना पुष्टि हुनेको सङ्ख्या दुई हजार […]

रामेछापमा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म होटल तथा पसल खोल्न पाइने

रामेछाप जिल्लामा जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ । अब जिल्लामा सबै खाले जोर विजोर निजी तथा सर्वाजनिक सवारी साधन चल्न दिइने रामेछाप प्रशासनले जनाएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन हुँदै आएकोमा अब भने हरेक […]

रामेछाप सहित वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ । मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको […]