बाग्मती प्रदेशका ३ जिल्लामा बुधवार सार्वजनिक बिदा

बाग्मती प्रदेश सरकारले आउँदो बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चेपाङ समुदायको न्वागी ९छोनाम० को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी यो जानकारी गराएको हो । ‘बाग्मती […]

संघको कानुनमा प्रदेशको आपति

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकार विरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय सभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको भन्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध केही […]

माओवादी केन्द्र सिन्धुलीका जिल्ला संयोजक नै एमाले प्रवेश

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला संयोजन नै एमाले प्रवेश गरेका छन्। नेकपा एमाले जिल्ला कमिटी सिन्धुलीले मरिण गाउँपालिकामा आयोजना गरेको बृहत् सभामा सम्बोधन गर्न पुगेका एमाले माहासचिव शंकर पोख्रेलले स्वागत गरेका हुन्। माओबादी केन्द्रिय सदस्य , जिल्ला संयोजक एबम भुमी आयोग सिन्धुलीका अध्यक्ष समेत रहेका रामकुमार पौडेल , केन्द्रिय सदस्य मिथुला फुयाल […]

रामेछापमा आधुनिकतासँगै तीज मनाउने चलन फेरिँदै

अघिल्लो दुई वर्ष कोरोना भाइरसका कारण तीज विशेष चहलपहल हुन नपाए पनि यस वर्ष तडक भडक बढी देखिएको छ । रामेछापमा १५ दिन अघिबाटै दर खान जाने, महङ्गा कपडा र गरगहना लगाउने, फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका कारण पनि तीज परम्पराभन्दा भड्किलो र फरक देखिएको हो । विशेषगरि तीजमा छोरीचेली माइत जाने, मीठो मसिनो खाने, सुःख […]

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित

बंगुरको पाठापाठी बिक्री नहुँदा रामेछापका किसान चिन्तित भएका छन । बंगुरपालनबाट राम्रो आम्दानी लिँदै आएका किसानले उत्पादन गरेको पाठापाठी बिक्री नहुँदा समस्यामा परेका हुन् । गतवर्ष ६ हजार सम्ममा बिक्री भएको बंगुरको पाठा यतिबेला ३ हजारमा पनि बिक्री नभएको हिमाल तराई बंगुर फर्म भालुखोपका संचालक इन्द्र तामाङले बताउनुभयो । स्थानीय तथा जिल्ला बाहिरका बजारहरुमा ६ […]

भंगेरी माविका शिक्षकलाई ल्यापटप,एसईई उतिर्ण विद्यार्थीलाई सम्मान

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेको श्री मावि भंगरीले आज एक कार्यक्रमको आयोजना गरि एसईई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईईमा उतिर्ण विद्यालयका ५३ जना विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको हो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्दै वडा नं ८ का वडाअध्यक्ष सन्तोष […]

६८३ मेगावाटको सुनकोशी तेस्रो आयोजनामा लगानी गर्न बंगलादेश तयार

रामेछाप र काभ्रे जिल्लाको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बंगलादेश तयार देखिएको छ । बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय, विद्युत विकास विभाग तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र […]

तामाकोशीमा बेपत्ता रामेछापका युवकको १७ दिनपछि शव भेटियो

दोलखाको बिगु गाउँपालिका– १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका रामेछापका एक युवकको शव भेटिएको छ । साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका–१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको […]

चिरञ्जीवी डेरीको शाखा रामेछाप बजारमा खुल्यो

लामो समयदेखी रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सन्चालमा रहेको चिरञ्जीवी डेरीले रामेछाप बजारमा पनि आफ्नो शाखा सन्चालनमा ल्याएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा आज चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गरिएको हो । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले रिबन काटेर चिरञ्जीवी डेरी तथा सप्लायर्सको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले रामेछाप नगरपालिकाले […]

रामेछाप नगरपालिकाको सहयोगमा विनोदले पाए अटेच्मेन्ट ह्वीलचेयर

रामेछाप नगरपालिकाको सहयोगमा विनोद कुमार श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर पाउनुभएको छ । रामेछाप नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ बाट स्वीकृत वार्षिक समुदायमा आधारित पुनरस्थापना सहयोग कार्यक्रम मार्फत श्रेष्ठले अटेच्मेन्ट ह्वीलचेयर प्राप्त गर्नुभएको हो । सवारी दुर्घटनामा परी स्पाइनल कर्ड इन्जुरी हुनुभएका श्रेष्ठलाई नगरपालिकाले २ लाख ४० हजार ५ सय ६० रुपैयाँ लागतमा अटेच्मेन्ट ह्वीलचेयर खरिद गरेर हस्तान्तरण […]