संघको कानुनमा प्रदेशको आपति

संघको कानुनमा प्रदेशको आपति

वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सङ्घीय सरकार विरुद्ध मुद्दा हाल्ने चेतावनी दिनुभएको छ । राष्ट्रिय सभाबाट हालै पारित काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक संघीयता र संविधान विरोधी रहेको भन्दै मुख्यमन्त्री पाण्डेले संघीय सरकारविरुद्ध केही दिनभित्रै मुद्दा हाल्ने बताउनुभएको हो ।

राष्ट्रिय सभा अन्तर्गत सङ्घीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले आज हेटौंडामा गरेको सङ्घीय शासन प्रणाली सवलीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । सङ्घीयता विरोधी, संविधान विपरीतको उक्त विधेयक किन पारित गरियो ?भन्दै उहाँले राष्ट्रिय सभालाई प्रश्नसमेत गर्नुभएको छ ।

राष्ट्रिय सभा आफैंले संविधान र सङ्घीयताको विरुद्धमा गएर ती दुई वटा विधेयक पारित गरेको भन्दै मुख्यमन्त्री पाण्डेले असन्तुष्टि जनाउनुभयो । विधेयकमा काठमाडौं, ललितपुर र भक्तपुरको सुरक्षा र यातायातको जिम्मा सङ्घीय सरकारलाई दिने उल्लेख गरिएको छ । यस्तो प्रावधान सङ्घीयता र संविधान विरुद्ध भएकाले आफ्नो आपत्ति रहेको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार