बाग्मती प्रदेशका ३ जिल्लामा बुधवार सार्वजनिक बिदा

बाग्मती प्रदेशका ३ जिल्लामा बुधवार सार्वजनिक बिदा

बाग्मती प्रदेश सरकारले आउँदो बुधवार मकवानपुरसहित तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ समुदायको न्वागी ९छोनाम० को अवसरमा प्रदेश सरकारले भदौ २२ गते बुधवार चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमवार सूचना प्रकाशित गरी यो जानकारी गराएको हो ।

‘बाग्मती प्रदेश सरकार, मन्त्रिपरिषद्को मिति २०७८र१२र०९ को निर्णयअनुसार चेपाङ समुदायले मनाउने न्वागी ९छोनाम० पर्वको उपलक्ष्यमा भदौ २२ गते बुधवारको दिन प्रदेशका चितवन, मकवानपुर र धादिङ जिल्लाभर सार्वजनिक बिदा दिने निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’। मन्त्रालयका प्रवक्ता अनुशील सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार