दोहोरो नागरिकता सिफारिस गर्ने रामेछाप प्रितीका वडाध्यक्ष सुनुवार पक्राउ
एकपटक नागरिकता लिइसकेकी एक महिलालाई दोहोरो नागरिकता दिन सिफारिस गर्ने रामेछाप उमाकुण्ड ४ का वडाध्यक्ष मानबहादुर सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार सुनुवारलाई अदालतको आदेशानुसार अनुसन्धानको सिलसिलामा आइतबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सुनुवारले रामेछाप प्रीतिकी निर्मला बस्नेतले जन्ममिति समेत परिवर्तन गरी […]