रामेछापमा कान्छाराम २९ सय ८९ मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा कान्छाराम २९ सय ८९ मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क मा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना सुरु गरिएको छैन ।

अहिलेसम्मको अवस्थामा कान्छारामले ११ हजार ८ सय ९५ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलल ८ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा क मा नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले अग्रता लिइरहनुभएको छ । उहाँलाई माओवादी केन्द्रका उम्मेदवा्र तारानारायण श्रेष्ठले पछ्याइरहनुभएको छ । शान्ति प्रसाद पौडेलले १० हजार ४ सय १३ मत प्राप्त गर्दा माओवादीका तारा नारायण श्रेष्ठले ९ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार