रामेछापमा गठबन्धन दलका उम्मेदवारको अग्रता

रामेछापमा गठबन्धन दलका उम्मेदवारको अग्रता

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा क को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार गठबन्धन दलका उम्मेदवारको अग्रता कायमै छ । प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ ।

प्रदेश क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । प्रदेश ख को भने मतगणना सुरु गरिएको छैन । अहिलेसम्म ३५ सय ३१ मत गणना हुँदा कान्छारामले १७ सय १९ मत प्राप्त गर्नुभएको छ । एमालेका उम्मेदवार कैलाश ढुंगेलल ११ सय ८१ मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभा क मा ३५ सय ३१ मतगणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार तारानारायण श्रेष्ठले अग्रता लिइरहनुभएको छ । उहाँले ११ सय ८३ मत प्राप्त गर्दा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेलले एक हजार ५० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार