रामेछापमा दुई क्रियापुत्रीले गरे मतदान

रामेछापमा दुई क्रियापुत्रीले गरे मतदान

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुई क्रियापुत्रिले मतदान गरेका छन् ।

बाबु नरराज पुरीको निधन पछि कोरामा रहेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन् । उनीहरुसँगै उनका श्रीमतीले पनि प्रतिनिधिसभा सदस्य र प्रदेशस सभा सदस्यमा उम्मेदवार वनेका नेताहरुलाई मतदान गरेका हुन् । आफ्नो सिङ्गो परिवार नै शोकमा डुबेको समयमा पनि आफ्ना उम्मेदवारहरु निर्वाचित हुन र देश विकासमा टेवा पुर्याउन भन्ने उद्धेश्यले आफुले मतदान केन्द्रमा आएर मतदान गरेको प्रकाश पुरीले जानकारी दिनुभयो  ।

मतदान स्थलमा खटिएका कर्मचारीहरुले क्रियापुत्रीलाई सहज ढंङ्गले मतदान गर्ने वातावरण मिलाइदिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार