रामेछाप मन्थलीमा मन्थली नगरकप भलिवल प्रतियोगिता शुरु

रामेछाप मन्थलीमा मन्थली नगरकप भलिवल प्रतियोगिता शुरु

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाद्धारा आयोजीत दोस्रो मन्थली नगरकप रनिङ्ग शिल्ड पुरुष भलिवल प्रतियोगिता–२०८० बुधबार(आज)आजबाट सदरमुकाम मन्थलीमा शुरु भएको छ ।

मन्थली नगर खेलकुद विकास समितिको संयोजनमा शुरु भएको ३ दिने नगरकप प्रतियोगिताको मन्थली नगरप्रमुख लव श्रेष्ठले एक समारोहका वीच उद्धघाटन गर्नुभयो । उहाँले उद्धघाटन कार्यक्रममा बोल्दै नगरपालीकाले खेल क्षेत्रमा गरेको लगानीलाई सहि ढंगले सदुपयोग गर्न पनि आग्रह गर्नु भयो । खेलकुदको उद्घाटन् सत्रमा प्रमुख जल्ला अधिकारी,नगर उप प्रमुख नगरका पूर्व प्रमुख रमेश बस्नते,नेपाल पत्रकार महासंघ,रामेछाप उद्योग वाणिज्य संघ र नगर स्तरिय राजनितीक दलका प्रतिनिधिहरुले प्रतियोगीता सफलताको शुभकामना दिएका थिए ।

मन्थली नगर खेलकुद विकास समितिका अध्यक्ष गोपाल वहादुर माझीका अनुसार मन्थली नगरपालिका भित्रका १४ वडाहरुको १४ टिमहरुविच प्रतिस्पर्धा हुने छ । खेलका लागि मन्थली नगरपालीकाले ८ लाख रुपैयाँ विनियोजन गरेको भएपनि सबै वडा कार्यालयहरुले टीमको थप ब्यवस्थापनका लागि कम्तिमा ३ लाख रुपैयाँ थप्नु पर्ने अवस्था रहेको वडा नं १२ का वडा अध्यक्ष खिलेन्द्र खत्रिले जानकारी दिनुभयो ।

आगामी २७ गते सम्म चल्ने उक्त प्रतियोगिताको प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने प्रतियोगीहरुलाई क्रमश नगद रु एक लाख ,द्धितिय हुने टीमलाई ७५ हजार र तितृय हुने टीमलाई ५० हजार, र तीस हजार नगद सहित, ट्रफि,शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार