नेपथ्थे युवा समाज ज्यामिरे ओखलढुंगाको आयोजनामा भलिवल प्रतियोगिता हुने

नेपथ्थे युवा समाज ज्यामिरे ओखलढुंगाको आयोजनामा भलिवल प्रतियोगिता हुने

लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा यहि फाल्गुन ४ गते देखी अन्तर गाउँपालिका स्तरीय भलिवल प्रतियोगिता सञ्चालन हुनेभएको छ । नेपथ्थे युवा समाजको आयोजनामा उत्त प्रतियोगिता हुन लागेको समाजका सचिव धिरेन्द्र खडकाले आज पत्रकार सम्मेलन गरेर उत्त कुरा बताएका हुन ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १ लाख १ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुने टिमले नगद रु ५१ हजार १११ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अन्तर्गत सेमिफाईनलमा प्रबेश गर्न सफल हुने दुई टिमले भने नगद रु २५ हजार १११ सहित प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलन समाजका उपाध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।

प्रतियोगिताका विभिन्न विधा अन्तर्गत सर्बोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट क्विक स्पाईकार, सर्वोत्कृष्ट ओपन स्पाईकर, सर्बोत्कृष्ट स्पाईकर तथा उत्कृष्ट ब्लकरलाई विशेष पुरस्कारको व्यबस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । त्यस्तै क्वाटर फाईनलबाट भने प्रतियोगिताका म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद सहित मायाको चिनो प्रदान गरिने आयोजकले जानकारी गराएका छन । प्रतियोगितामा १२ टिम भन्दा कम टिम सहभागी भएमा लिग कम नकआउटका आधारमा खेल खेलाईने आयोजकले जनाएका छन । फाल्गुन ३ सम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता शुल्क भने १० हजार राखिएको आयोजकले जनाएको छ ।

प्रतियोगितालाई अझ रोचक बनाउनका लागि १५ देखि २५ बर्ष उमेर समूहका युवा खेलाडीहरुलाई सहभागी गराउने गरि ३ हजार मिटरको दौड प्रतियोगिता राखिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । त्यस्तै भलिबल तथा दौड सँगै स्लो बाईक रेस प्रतियोगिताको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

३ हजार मिटर दौड प्रतियोगिता र स्लो बाईक रेस प्रतियोगिताका विजेताहरुले क्रमशः प्रथम हुनेले नगद रु ६ हजार १ सय ११, दोश्रो हुनेले ४ हजार १ सय ११ र तेश्रो हुनेले २ हजार १ सय ११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार