गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जित्यो

रामेछापको गोकुलगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सारदा माविले जितेको छ । विभिन्न विद्यामा भएको छात्रछात्रा प्रतियोगितामा ठोसेस्थित सारदा माविले ७ स्वर्ण, ९ रजत र ४ काश्यगरी २० पदक प्राप्त गरेको छ । सारदा माविले रनिङ शिल्ड उचालेसँगै जनजागृत माविले उपविजेतामा चित्त बुझाएको छ । उपविजेता बनेको जनजागृत माविले पनि २० पदक हात पारेको छ […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको गोकुलगंगा गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन भैरहेको छ । चौथो गाउपालिकास्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखी सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) ले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । पालिका भित्रका ७ वटै माविहरुले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने […]

रामेछापको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जित्यो

रामेछाप जिल्लाको उमाकुण्ड गाउपालिका वाड नं ७ भुजिमा भएको उमाकुण्ड लिगको ट्रफी मिलनचोक युथ क्लबले जितेको छ । महिला र पुरुष दुबै सहभागी खेलमा १६ टिमले भाग लिएका थिए । फाइनलमा बिगु गाउपालिका दोलखा र प्रीति मिलनचोक क्लब रामेछाप बिच प्रतिस्पर्धा भएको थियो । ९० मिनेटको खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि ट्राइब्रेकरमा प्रीति मिलनचोक […]

रामेछापको मन्थली नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा छैटौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको शुक्रबार सङ्घीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम)ले उद्धघाटन गर्नुभयो । प्रतियोगितामा नगरभरीका २२ वटा माध्यमिक विद्यालयहरूले सहभागीता जनाएका छन । ३ दिनसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी,सर्टफुट,दौड,ज्याबलिङ थ्रो लगायतका खेलहरु खेलाईने छ ।  

लिखु तामाकोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछाको लिखु तामाकोशी गाउँपालिकामा रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिरबा(आज) देखी सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष केशव महले प्रतियोगिताको उद्धघाटन गर्नुभयो । प्रतियोगिताको उद्धघाटन गर्दै अध्यक्ष महतले स्वास्थ्यका खेलकुद निकै महत्वपुर्ण रहेको भन्दै खेल क्षेत्र र खेलाडीहरुको विकासका लागी गाउँपालिकाले कामहरु गरिरहेको बताउनुभयो । रास्ट्रपति रनिङ […]

निजामति सेवा दिवसका अवसरमा रामेछापमा कर्मचारीहरुबीच फुटबल प्रतियोगिता

निजामति सेवा दिवसका अवसरमा रामेछापमा प्रशासन कर्मचारी र प्राविधिक कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ । कर्मचारी मिलन केन्द्र रामेछापको आयोजना र रामेछाप जिल्ला फुटबल संघको सहजीकरणमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको हो । रामेछाप जिल्लाकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा जिल्ला भरीका निजामति कर्मचारीको उपस्थितिमा मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको रामेछाप जिल्ला […]

रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज (शनिवार) मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरिएको हो । फुटबल […]

रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो । १ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने […]

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेल मैदान बन्दै

रामेछापको मन्थली कुनौरीमा राष्ट्रिय स्तरको खेलमैदान बन्ने भएको छ । मन्थली नगरपालिका वडा नम्बर १ र ६ को सीमना पर्ने कुनौरीमा खेलमैदान शिलान्यास गरिएको हो । राष्ट्रिय स्तरको खेलमैदान ‘रंगलाशाला’ निर्माणको लागि मंगलबार बागमती प्रदेश सांसद तारानारायण श्रेष्ठले शिलान्यास गर्नुभयो । राष्ट्रिय स्तरका खेल खेलाउन सकिने गरी खेलमैदान निर्माण गर्न लागिएको रङ्गशाला निर्माण उपभोक्ता समितिका […]

सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथनमा सोलुका धावक सुमन कुलुङ प्रथम

रामेछापमा शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम हुनुभएको छ । कुलुङले उक्त दुरी ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्नुभयो । सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका धावकहरु सुनापति डाँडा, खाँडादेवी मन्दिर, गाल्वा, अग्लेश्वर, दोरम्बा, डाँडाकटेरी, धारा, राजभीर गुफा, छांगा, घलेडाँडा हुँदै शैलुङ पुगेका […]