३३ स्वर्ण सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

३३ स्वर्ण सहित गौरीशंकर माविले जित्यो रास्ट्रपति रनिङ शिल्डको उपाधी

“स्वास्थ्यका लागी खेलकुद,राष्टका लागी खेलकुद”भन्ने मुल नाराका साथ रामेछापको रामेछाप नगरपालिकामा बिहिबारदेखि सुरु भएको छैटौँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता श्री गौरीशंकर माध्यमिक विद्यालयले जितेको छ । नगर भित्रका १३ वटा माध्यमिक विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा श्री गौरीशंकर माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।

गौरीशंकर माध्यमिक विद्यालयले विभिन्न खेलमा ३३ स्वर्ण, २७ रजत र २५ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा द्धितिय भएको जनता मावि कोलन्जोरले १२ स्वर्ण, ८ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा तृतिय भएको भंगेरी माविले ८ स्वर्ण, ११ रजत र २४ कास्य पदक जित्न सफल भएको छ ।

प्रतियोगितामा भलिबल, कबडी, एथ्लेटिक्स,छात्र÷छात्रा रिले दौड,तेक्वान्दो ,हाईजम्प, लङजम्प, त्रीपलजम्प, ज्याभलिङ थ्रो, सटपुट लगायतका खेलहरु खेलाईएको थियो । प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई प्रतिनिधी सभा सांसद पूर्ण बहादुर तामाङ्ग(कान्छाराम),जिल्ला समन्वय समितिका प्रमुख चिना खडका,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की र प्रमुख प्रशासकिय अधिकृत मित्र प्रसाद घिमिरेले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयोे ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार