रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापको दोरम्बा शैलुङमा उपराष्ट्रपति कप फुटबल प्रतियोगिता हुने

रामेछापमा प्रथम उपराष्ट्रपति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । गुराँसेदेवी युवा क्लबले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता असोज ३१ गतेबाट कात्तिक ४ गतेसम्म हुने जनाएको छ ।

प्रतियोगिता रामेछापको दोरम्बास्थित शैलुङमा आयोजना हुनेछ । प्रतियोगितामा नेपालको चर्चित ३२ क्लबहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पाउने छन् ।

तेस्रोले ५० हजार र चौंथोले २५ हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार पाउने गुराँसेदेवी युवा क्लबका अध्यक्ष मदन थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार उत्कृष्ट डिफेन्डर, गोलकिपर, मिडफिल्डर, फरवार्ड र सर्वाधिक गोलकर्ताले ५÷५ हजार पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार