बडादशैँको अवसरमा रामेछापको देउरालीमा पुरुष भलिबल प्रतियोगिता हुने

बडादशैँको अवसरमा रामेछापको देउरालीमा पुरुष भलिबल प्रतियोगिता हुने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । वडादशैँ,दिपावली तथा छठ पर्वको अवसरमा प्रतियोगिता गर्न लागिएको आयोजक एवं २ नं वडा कार्यालयले जानकारी दिएको छ ।

खेल यहि असोज २६ र २७ गते देउरालीडाँडा सातदोबाटोमा हुनेछ । उक्त प्रतियोगितामा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुने टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन ।

प्रतियोगितामा द्धितिय ह्ुने टिमले नगद २० हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । तृतिय हुने टिमले नगद १० हजारको साथमा सिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यसैगरी प्रतियोगितामा सान्त्वना हुने टिमले नगद ५ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगितामा सर्वत्कृष्ट तथा उत्कृष्ट र सहभागी टिमहरुलाई सम्मान गरिने आयोजकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार