वडादशैँको अवसरमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता हुँदै

वडादशैँको अवसरमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता हुँदै

वडादशैँको अवसरमा रामेछाप गोल्डकप फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । रामेछाप नगरपालिका वडा नं ७ मा रहेको जागरुक युवा क्लबले रामेछाप गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ ।

रामेछाप नगरपालिका भित्र रहेका विभिन्न क्लबहरुले मात्र प्रतियोगितामा सहभागीता जनाउन पाउने छन । प्रतियोगिता यहि असोज २१ गतेदेखी २६ गतेसम्म सन्चालन हुने आयोजकले जानकारी दिएको छ । उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन ।

यसैगरी द्धितिय हुने टिमले नगद १५ हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा तृतिय हुने टिमले नगद १० हजारको साथमा ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन । प्रतियोगितामा उत्कृष्ट खेलाडी र उदाउँदो खेलाडीलाई नगद ५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार