वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

रामेछाप सदरमुकाम मन्थलीमा हुने ११ दिने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार(आज) मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले बताउनुभयो । उहाँको अनुसार पौष […]

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई […]

रामेछापमा खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढ्दै

रामेछापमा पछिल्लो समय खेतिपातीका लागि आधुनिक उपकरण प्रयोग गर्ने क्रम बढेको छ । लागत खर्च कम लाग्ने र समयको पनि बचत हुने भएपछि रामेछापका किसान पनि आधुनिक उपकरणको प्रयोगमा आकर्षित भएका हुन् । रामेछाप नगरपालिका ७ का राम बहादुर मगरका अनुसार केहि वर्षअघिसम्म खेतबारी खन्न र जोत्न गोरुको प्रयोग गरिने भए पनि अचेल खेतबारीमा समयको […]

रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्दै,सरोकारवालाहरुसँग सुझाव संकलन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । सरोकारवालाहरुसँग सुझाव संकलन गर्दै नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्न लागेको हो । शुक्रबार(आज) नगरपालिकाको सभाहलमा नगरपालिकाका अगुवा कृषक तथा सरोकारवालाहरुसँग कृषि एम्बुलेन्स संचालन सम्बन्धि सुझाव संकलन गरिएको हो । कृषक तथा सरोकारवालाहरुले कृषि एम्बुलेन्स संचालन गर्दा नगरपालिकाले समेटनुपर्ने विभिन्न विषयवस्तुमा रहेर सुझाव दिएका थिए […]

रामेछाप नगरपालिकाले घरेलु मदिरा ‘ब्रान्डिङ’ गर्दै,सम्भाव्यता अध्यन हुँदै

रामेछापको रामेछाप नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्ने भएको छ। नगरपालिकाले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्न सम्भाव्यता अध्यन सुरु गरेको नगर प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो । घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रम बनाउन लागिएको उहाँँले बताउनुभयो । मौलिक संस्कृति तथा परम्परागत सीपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्रान्डिङ गर्ने […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा लम्पी स्किन रोग लागेर ५६ वटा पशु मरे

रामेछापको गोकुलगंगा गाउँपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट ५६ वटा गाई गोरु मरेका छन । गाउँपालिकाका ३१ सय ७३ गाई गोरु संक्रमित रहेको गाउँपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख लोक प्रसाद फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेका २४ सयभन्दा बढी गाई गोरुको उपचार भैरहेको छ । ६ वटा वडा रहेको गाउँपालिकाको […]

रामेछाप नगरपालिकामा लम्पी स्किन रोग लागेर १ सय ४६ वटा पशु मरे

रामेछापको रामेछाप नगरपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट १ सय ४६ वटा भन्दा बढी गाई गोरु मरेका छन । नगरभरीका २८ सय ७५ गाई गोरु संक्रमित रहेको नगरपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख काजी शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेका ४ सय ४६ वटा गाई गोरुको उपचार भैरहेको छ । ९ […]

सिँचाइ नहुँदा धान फल्ने खेतमा पशु चौपाया चराउन बाध्य

सिँचाइ सुविधा नहुँदा रामेछाप र मन्थली नगरपालिकाको सीमा छुट्याउने सुकाजोर खोला आसपासमा करिब ८ सय रोपनी खेती योग्य जमिन बाँझो भएको छ । स्थानीय सरकारले जमिनको प्रयोग गरेवापत कर लगाउने गरे पनि सिँचाइ सुविधा नभएका कारण जग्गा भने बाँझो राख्नुपर्ने किसानको बाध्यता हटेको छैन । सिचाइँ सुविधा नहुँदा १६ वर्षदेखि बाँझो रहेको धान फल्ने खेतमा […]

रामेछाप नगरपालिकाले १ वर्षमा उठायो १ करोड बढी राजश्व

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म १ करोड बढी राजश्व संकलन गरेको छ । नगरपालिकाले १ वर्षको अबद्यिमा १ करोड ९ लाख ३० हजार ३ सय ८ रुपैयाँ राजश्व संकलन गरेको हो । नगरपालिका कार्यालय तथा ९ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन […]

रामेछापमा सानीमदौ सामुदायिक वन र शाखा भित्ता (क) कबुलियत वन उत्कृष्ट

डिभिजन वन कार्यालय रामेछापले जिल्लाका उत्कृष्ट सामुदायिक र कबुलियत वनलाई पुरस्कृत गरेको छ । कार्यालयले आर्थिक वर्ष ०७९/८० मा अनुगम र मुल्यांकनको आधारमा एउटा सामुदायिक र एउटा कबुलियत वनलाइ उत्कृष्ट छनोट गर्दै पुरस्कृत गरेको हो । मन्थली नगरपालिका १ मा रहेको सानीमदौ सामुदायिक वन र रामेछाप नगरपालिका ७ मा रहेको शाखा भित्ता (क) कबुलियत वन […]