रामेछापको गोकुलगंगा गाउँपालिकामा लम्पी स्किन रोग लागेर ५६ वटा पशु मरे

रामेछापको गोकुलगंगा गाउँपालिकामा लम्पी स्किन रोग लागेर ५६ वटा पशु मरे

रामेछापको गोकुलगंगा गाउँपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट ५६ वटा गाई गोरु मरेका छन । गाउँपालिकाका ३१ सय ७३ गाई गोरु संक्रमित रहेको गाउँपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख लोक प्रसाद फुयालले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो रोग लागेका २४ सयभन्दा बढी गाई गोरुको उपचार भैरहेको छ । ६ वटा वडा रहेको गाउँपालिकाको सबै वडामा लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा धेरै वडा नं ३ का किसानले पालेको गाई गोरु मरेको र संक्रमण पनि सोही वडामा धेरै फैलिएको उहाँले बताउनुभयो ।

वडा नं १ मा भने यो रोग कम मात्रामा फैलिएको फुयालले बताउनुभयो । गाउँपालिकाका २६ सय भन्दा बढी गाई गोरुलाई लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार