बागमती प्रदेश सरकारले मल कारखाना खोल्ने

बागमति प्रदेश सरकारले मल कारखाना खोल्ने भएको छ । गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरूका लागि मल कारखाना खोल्ने तयारी भइरहेको बताउनुभयो । उहाँले मल कारखाना नहुँदा किसानहरूलाई समस्या भोग्नु परिरहेकाले मल कारखाना खोल्ने योजना अघि सार्न लागिएको बताउनुभयो । राज्यमन्त्री मैनालीले मल कारखानाको स्थापनाले किसानको उन्नती हुने भएकाले […]

गरिबी हटाउन तीन महिना भित्र विस्तृत योजना तयार पार्ने सरकारको घोषणा

सरकारले व्याप्त गरिबी हटाउन तीन महिनाभित्र विस्तृत योजना तयार पार्ने भएको छ । आर्थिक वर्ष २०७८÷७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापित गर्ने विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो योजना सार्वजनिक गर्नुभएको हो । प्रतिस्थापन विधेयकको प्रमुख उद्धेश्यनै बहुआयामिक गरिबी न्यूनीकरण राखिएको छ । पर्याप्त स्रोतसाधन र जनशक्तिका बाबजुद बहुआयामिक गरिबी जनसंख्याको १७ दशमलब ४ प्रतिशत […]

सात वर्षमा पशु बीमा गराउनेको संङ्ख्या १७ गुणाले बढ्यो

पछिल्लो सात वर्षमा पशु बीमा कार्यक्रमको प्रभावकारीता बढेको छ । सात वर्षको अन्तरालमा १७ गुणाले पशु बीमा गराउनेहरु बढेका छन् । किसानले एक लाख रुपैयाँको पशुबीमा गरेको खण्डमा पशुको मृत्यु भएमा ९० हजार रुपैयाँ नगद पाउँदछन् । एक लाखको बीमा गर्दा पाँच हजार रुपैयाँ प्रिमियम तिर्नुपर्छ । त्यसमा ३५ सय सरकारले तिरिदिन्छ भने किसानले १५ […]

हस्तकला सामग्रीको निर्यात घट्यो,उद्योग व्यवसाय सङ्कटमा

नेपालबाट निर्यात हुने सामग्री मध्ये हस्तकलाको सामग्री पनि एक हो । तर पछिल्लो समय हस्तकला सामग्रीको निर्यात घटेको छ । निर्यात घटेपनि हस्तकलाका सामग्री निमार्ण गर्ने उद्योगहरु पनि बन्द हुने अवस्थामा पुगेका छन् । धातुका मुर्तिहरु निमार्ण गरि चीन सहित अन्य एसियाली मुलुकमा निर्यात गर्ने काठमाडौँ असनको एसबी हस्तकला उद्योग अहिले बन्द छ । १२ […]

राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

आज राष्ट्रिय सामुदायिक वन दिवस रामेछापमा वृक्षारोपण गरि मनाइएको छ । सामुदायिक वनको सम्पती,सम्वृद्धि,प्रकृति र संस्कृति भन्ने मुल नाराका साथ दिवस मनाइएको हो । डिभिजन वन कार्यालय रामेछापको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्यसमिती रामेछापको समन्वयमा वृक्षारोपण गरि दिवस मनाइएको हो । बावियाखर्क सामुदायिक वनमा दिवसको अवसरमा एक सय भन्दा बढी अमला जातको […]

मैँले रामेछापमा गरेजति विकास न पहिलाकाले गरे न अब आउनेले गर्छन : मन्त्री ढुंगेल

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले रामेछापमा विकास निर्माणका कामले गति लिएको बताउनुभयो । विगतमा आफु जिल्ला विकास समितीको सभापति हुँदा जिल्लामा सडक,विद्युत,यातायात,खानेपानी पुल जस्ता विकासका पूर्वधारहरु केही पनि नभएको स्मरण गर्दै उहाँले आफु प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बनेदेखी जिल्लामा आमुल परिवर्तन ल्याएको बताउनुभयो । मुख्य मन्त्री डोरमणी पौडेलले आफुलाई मन्त्री […]

बाग्मती प्रदेशका १३ जिल्ला मध्ये रामेछापमा धेरै विकास भएको छ : मुख्य मन्त्री पौडेल

बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले तीन वर्षको अवधिमा प्रदेश सरकारले धेरै राम्रो काम गरेको बताउनुभएको छ । उहाँले विहिबार रामेछाप जिल्लाभित्र निर्मित सडकको संयुक्त रुपमा मन्थलीबाट उदघाटन गर्दै सो कुरा बताउनुभएको हो । प्रदेशका १३ जिल्लामध्ये रामेछाप जिल्लामा सडक,खानेपानी,पुल र सिँचाई जस्ता विभिन्न पूर्वधारहरु निर्माण गर्न प्रदेश सरकारले धेरै लगानी गरेको उहाँले बताउनुभयो । […]

अव्यवस्थित ढुङ्गा खानीले पहिरोको जोखिम

अव्यवस्थित रूपमा सञ्चालन भएका ढुङ्गाखानीले पहिरोको जोखिम बढेको छ । देशभर सञ्चालनमा रहेका करिब एक सय ढुङ्गाखानी मध्ये अधिकांशले वातावरणीय प्रभाव मङ्ल्याङ्कन प्रतिवेदनको पालना गरेका छैनन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका १० मा करिव ४० वर्ष अघिदेखि सञ्चालनमा रहेको ढुङ्गाखानीले करिब सय घरधुरी पहिरोको जोखीममा परेको स्थानीय वासु डल्लाकोटीले बताउनुभयो । नेपालका नुवाकोट, काठमाडाँै, काभ्रेपलान्चोक […]

रामेछाप भंगेरी र बाबियाखर्कका ३ सयभन्दा बढि घरधुरीले पाए हिलटेक

रामेछाप जिल्ला सुख्खाग्रस्त जिल्ला हो । जिल्लाको धेरै ठाउँहरुमा पानीको अभाव छ । रामेछाप नगरपालिकामा पनि पानीको निकै समस्या छ । वडा नम्बर ८ जिल्लाको पुरानो सदरमुकाम पनि हो । वडा नम्बर ८ रामेछाप बजार लगायत समग्र वडाभरी नै पानीको समस्या छ । यहि समस्यालाई बुझेर वडा नम्बर ८ वडा कार्यालयले एक घर एक ट्याङ्की […]

रामेछाप नगरपालिकामा कोसेली घर सञ्चालन, उपप्रमुखद्धारा उद्धघाटन

रामेछाप नगरपालिकामा आजबाट कोसेली घर सञ्चालनमा आएको छ । समाज सेवाजागृती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी कोसेली घर उद्घाटन गरेको हो । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले कोसेली घरको उद्धघाटन गर्नुभयो । स्थानीय स्तरमा उत्पादित वस्तुहरु नागकिहरुले सहजै प्राप्त गरुन् भन्ने उद्धेश्यले कोसेली घर सञ्चालन गरिएको नगरपालिकाले जनाएको […]