रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछापको विहिबारे हाट : बढ्यो खसीको व्यापार

रामेछाप जिल्लाकै पुरानो र ऐतिहासिक हाटको रुपमा लिने गरिएको विहिबारे हाटमा खसी, बोका किन्ने र बेच्नेको निकै भिड लोगेको थियो । आजको हाट यो दशैँको अन्तिम हाट भएर पनि होला किनमेल गर्ने र बजार घुमफिर गर्न आउनेको निकै भिड देखिन्थ्यो ।

बजारमा विशेषगरी लत्ताकपडा र खसी, बोका किनबेच गर्नेहरुको संख्या अरु समयमा भन्दा आज अलि बढी नै थियो । हाटबजारमा किसानले धेरै नै खसी बोका बिक्री गर्न ल्याउएका थिए । खसी, बोकाको व्यापार पनि राम्रै रहेको खसी व्यापारी कृष्ण बस्नेतले बताउनुभयो ।

दसैं सिजनमा खसीबोकाको बिक्री राम्रो हुने र मूल्य पनि राम्रै पाइने भएपछि यही सिजनमा खसीबोकाको व्यापार गर्न लिएर आउनेहरु बढेको रामेछाप बजारका स्थानिय सुजन घिमिरेले बताउनुभयो । धेरैले यहि हाटमा खपत नहुने खसीबोकाहरु राजधानी काठमाडौं समेत लैजाने गरेका छन ।

केहि हप्ता अघिको हाटमा भन्दा आजको हाटमा खसी, बोका निकै महंगो रहेको खसी किन्न आउनुभएका रामेछाप सुनारपानीका सुकदेव कार्कीले बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष किसानहरुले नै खसीबोकाको मुल्य वृद्धि गरेको उहाँले बताउनुभयो ।

जिल्लाका ग्रामिण क्षेत्रबाट बिक्रीका लागि ल्याइएका खसी बोकाको स्वास्थ्य परीक्षण नगरी बिक्री गर्ने गरिएको छ । दसैँ लगायतका चाडवाडहरुमा हजारौंको संख्यामा खसीबोका विक्रि वितरण हुने गरेको भएपनि त्यसको स्वास्थ्य जाँचका लागि आवश्यक व्यवस्थापन नहुँदा समस्या आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार