बागमती प्रदेश सरकारले मल कारखाना खोल्ने

बागमती प्रदेश सरकारले मल कारखाना खोल्ने

बागमति प्रदेश सरकारले मल कारखाना खोल्ने भएको छ । गृहजिल्ला नुवाकोटको विदुरमा भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री वद्री मैनालीले किसानहरूका लागि मल कारखाना खोल्ने तयारी भइरहेको बताउनुभयो ।

उहाँले मल कारखाना नहुँदा किसानहरूलाई समस्या भोग्नु परिरहेकाले मल कारखाना खोल्ने योजना अघि सार्न लागिएको बताउनुभयो । राज्यमन्त्री मैनालीले मल कारखानाको स्थापनाले किसानको उन्नती हुने भएकाले सङ्घ सरकारसँग समन्वय गरेर रासायनिक मल कारखाना सञ्चालन गर्ने विषयमा छलफल भइरहेको पनि बताउनुभयो ।

आफू जतिदिन सरकारमा बसेपनि जनताको हितमा केन्द्रीत रहेर काम गर्ने उहाँले दावी गर्नुभयो । किसान लक्ष्यित योजना तथा कार्यक्रमहरु आफ्ना प्राथमिकतामा परेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार