तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो

तरुल, सखरखण्ड लगायत कन्दमुलको खेति घट्यो

आज माघे सङ्क्रान्ति, आजका दिन विशेष महत्वका साथ तरुल, सखरखण्ड, पिडालु अर्थात कन्दमूल खाइन्छ । नेपालमा कन्दमुलको उत्पादन सन्तोषजनक रहे पनि व्यवसायीहरूका कारण आयात भने रोकिन सकेको छैन । पुस सकिँदै गर्दा र माघ लाग्दै गर्दा बजारमा तरुल, सखरखण्ड देख्न पाइन्छ ।

व्यवसायीहरू भने यस वर्ष कन्दमुलको बिक्री नभएको गुनासो गर्छन् । कालिमाटी फलफुल तरकारी बजार विकास समितिका अनुसार गत वर्ष १५ सय ८१ टन कन्दमुल विक्री भएको थियो । यसवर्ष १३ सय १९ टन तरुल, २ सय ९६ टन पिडाँलु र २ सय २६ टन सखरखण्ड बिक्री गर्ने योजना छ । यसमध्ये ६५ हजारभन्दा धेरै किलो तरुल र ७५ हजार किलो सखरखण्ड भारतबाट आएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

कालिमाटी आउनेमध्ये ४६ प्रतिशत सर्लाही र १९ प्रतिशत सुनसरी, धादिङको ७ दशमलव शून्य २ र चितवनबाट १ दशमलव ५ प्रतिशत कन्दमुल छ । नेपाली बजारमा पाइने सखरखण्डमध्ये भारतबाट ५५ प्रतिशतसम्म आयात हुने गरेको छ । विशेषगरि माघेसङ्क्रान्तिका दिन खाइने तरुलको माग स्वदेशी उत्पादनले धान्ने अवस्था छ तरपनि व्यवसायीहरूले भारतबाट १० प्रतिशतको हाराहारीमा ल्याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार