निशान बचत तथा ऋण सहकारी संस्थाले मनायो १० औँ स्थापना दिवस

निशान बचत तथा ऋण सहकारी संस्थाले मनायो १० औँ स्थापना दिवस

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा रहेको निशान बचत तथा ऋण सहकारी संस्थाले १० औँ स्थापना दिवस संस्थाका सदस्यहरुसँग अन्तरकृया कार्यक्रम गरेर मनाएको छ ।

१० औँ स्थापना दिवसको अवसरमा संस्थाले हालसम्म हासिल गरेका उपलब्धि तथा संस्थाको दिगोपनाका लागी पुँजी वृद्धि लगायतका बारेमा सदस्यहरुसँग छलफल गरिएको संस्थाका व्यवस्थापक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।

संस्थामा हाल ५ सय ५७ जना सेयर सदस्य छन । संस्थाको सेयर पुँजी १६ लाख ७० हजार,निक्षप रकम ३ करोड ३२ लाख ९० हजार १२,जगेडा कोष १ लाख ५८ हजार ४ सय १८ र ऋृण लगानी ३ करोड ३२ लाख ४७ हजार ७ सय ५१ रहेको व्यवस्थापक श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार