फोहोर ब्यबस्थापन तालिम सम्पन्न, स्थानियले कम्पोस्ट मल बनाउन सिके

फोहोर ब्यबस्थापन तालिम सम्पन्न, स्थानियले कम्पोस्ट मल बनाउन सिके

रामेछापको मन्थली नगरपालिका वडा नं १ कि स्थानिय सीता कुमारी श्रेष्ठले फोहोरलाई घटाएर मन्थलीलाई सफा सहर बनाउन आफु लागिपर्ने बताउनुभयो । वातावरण संरक्षण परियोजना रामेछापको आयोजनामा सञ्चालित फोहोर ब्यबस्थापन तालिममा कम्पोस्ट मल बनाउन सिकेपछि उहाँले फोहोरलाई मोहोरमा परिणत गर्ने बताउनुभयो ।

हसेरा नेपाल नामक गैससबाट तालिम दिन रामेछाप आउनुभएका प्रशिक्षक बिबेक धितालले खेर गैरहेका प्लाष्टिको बोतललाई प्रयोग गरेर विभिन्न कामको लागी उपयोेग गर्न सकिने बताउनुभयो । २ दिनसम्म सन्चालन भएको तालिममा उहाँले कौशिखेती, कम्पोस्ट मल बनाउने तरिका लगाएतको बारेमा सिकाउनुभयो ।

उक्त तालिममा वातावरण बिज्ञ वातावरण संरक्षण परियोजनाका परियोजना संयोजक डा. मिना बोहराले तालिमले स्थानियहरुलाई धेरै कुरा सिक्ने मौका मिलेको भन्दै फोहोर व्यवस्थापन र फोहोरको प्रयोगबाट मोहोर कमाउन सकिने विभिन्न उपायहरुको बारेमा तालिम दिइएको बताउनुभयो । फोहोर ब्यबस्थापन तालिममा ३ वटा टोल सुधार समितिका पदाधिकारी र सदस्यगरी २५ जनाको सहभागिता रहेको थियो ।

वातावरण संरक्षण परियोजना बिगत ३ बर्ष देखि रामेछापको मन्थली नगरपालिकाको वडा नं १ दखि ६ सम्म र रामेछाप नगरपालिकाको ७, ८ र ९ गरि तिनवटा वडामा सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार