बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

बाढी र पहिरोबाट घर गुमाएकालाई सरकारले तत्काल ५० हजार दिने

सरकारले बाढी र पहिरोबाट पूर्ण क्षति भएका निजी आवास निर्माणको लागि अनुदान दिने भएको छ । बाढी रपहिरोबाट निजी घर गुमाएकाप्रभावितलाई अस्थायी आवास निर्माणका लागि तत्काल ५० हजार रुपैयाँदिइने राष्ट्रिय विपद् जोखिमन्यूनिकरण तथाव्यवस्थापनप्राधिकरण प्रवक्ता विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो ।

उहाँले मनसुन सकिएपछि निजी आवास निर्माणको लागि हिमाली क्षेत्रमा ५ लाख, पहाडमा ४ लाख र तराईमा तीन लाख रुपैयाँ अनुदान दिने  बताउनुभयो । प्राधिकरणकाअनुसार पछिल्लो तीनदिनमा ४ हजार ५ सय घर र ९० हजार सर्वसाधारण बाढी र पहिरोबाट प्रभावितभएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार