सेयर किन्न सजिलो भएपनि बेच्न गाह्रो भएको नागरिकको गुनासो

सेयर किन्न सजिलो भएपनि बेच्न गाह्रो भएको नागरिकको गुनासो

कोरोना महामारीका बीच पनि बैँक तथा वित्तीय संस्थामा शेयर खरिदको अनलाइन खाता खोल्ने भीड रोकिएको छैन । विभिन्न कम्पनीको प्राथमिक शेयर किन्न मागको कयौं गुणा बढी आवेदन पर्नुले पनि नागरिकमा प्राथमिक शेयरप्रतिको आकर्षण बढेको देखिन्छ ।

तर सेयर किन्न भन्दा बेच्न गाह्रो हुने गरेको आमसर्वसाधारणको गुनासो छ ।काठमाडौँ धापासीका शान्ति अधिकारी जुनसुकै कम्पनीले आइपीओ निष्काशन गरे पनि आवेदन भरिहाल्नुहुन्छ ।

शेयरमा थोरै लगानी गर्दा पनि बढ्छ र नाफा हुन्छ भन्ने लागेर लगानी गरेको उहाँ बताउनुहुन्छ । उहाँ मात्रै होइन शेयरका बारेमा सहर बजारसँगै गाउँघरमा पनि चासो देखिन थालेको छ । कोरोनाको जोखिम भएपनि धितोपत्रलाई विद्युतीय प्रणालीमा अभिलेख गरिने डिम्याट खाता खोल्नेहरू बढेका छन् ।

शेयर किनबेच गर्दा नाफाका लागि सावधानी अपनाउनुपर्ने नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलको भनाई छ । शेयर किनेपछी भन्दा पनि शेयर किन्नु अघि कम्पनीका बारेमा राम्रो जानकारी राख्नुपर्ने उहाँको सुझाव छ ।

कुनै कम्पनीले खुला गरेको आइपीओ प्राप्त भएमा त्यसलाई प्राथमिक शेयर शेयर भनिन्छ भने अरुबाट किनेर कारोबार गर्नुलाई दोस्रो शेयर बजारको रुपमा चिनिन्छ ।

सेयरमा आकर्षण बढ्दै जाँदा अहिलेसम्म ४० लाख ७३ हजारभन्दा बढीले डिम्याट खाता खोलिसकेका छन् भने २ सय २० वटा कम्पनीबाट किनबेच हुन्छ । शेयरबाट फाइदा मात्रै नहुने शेयर बजारका एकजना अध्येता ज्योती दाहालको भनाई छ ।

डिम्याट खाताका लागि विभिन्न बैँकमा आवेदन दिन लाम लाग्नुपर्ने बाध्यता केही समयअघिसम्म थियो तर अहिले इन्टरनेटबाट पनि आवेदन दिन सकिने व्यवस्था गर्ने प्रतिस्पर्धा चलेको छ ।

शेयर लगानी गर्दा किन मुल्य बढ्छ किन मुल्य घट्छ भन्ने कुराको राम्रो जानकारी राख्नुपर्ने नेपाल स्टक एक्सचेक्ज नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताउनुभयो । २०३३ सालमा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएपछि नेपालमा शेयर किनबेच संस्थागत भएको हो ।

त्यसको ४२ वर्षपछि नेप्सेले स्वचालित विद्युतीय कारोबार प्रणाली शुरु गरेपछि अनलाइन प्रविधिमार्फत शेयर कारोबार गर्न सकिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार