बागमती सरकारले ल्यायो ५७ अर्ब ७२ करोडको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयका लागि ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार बजेट प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभामा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले ५७ अर्ब ७२ करोडको विनियोजित बजेट पेश गर्नुभएको हो । कुल विनियोजित बजेट मध्ये चालुतर्फ २६ […]

सातै प्रदेशले आज आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै

आज सातै प्रदेशले आगामी आर्थिक वर्ष २०७८÷८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा छलफल भई पारितसमेत भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार असार १ गते बजेट ल्याउनैपर्ने बाध्यता छ । सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, सङ्क्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएकाले बजेटको प्राथमिकता पनि […]

यस वर्ष सातै प्रदेशको बजेट अघिल्लै वर्षको हाराहारीमा आउने

देशकै सातै प्रदेश बजेट ल्याउने अन्तिम तयारीमा व्यस्त छन् ।असार १ गते प्रदेशको बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताको कारण कोरोना महामारी र राजनीतिक उथलपुथलका बिचपनि प्रदेश सरकार बजेट निर्माणको अन्तिम रस्साकस्सीमा जुटेका हुन् ।धेरैजसो प्रदेशले चालु वर्ष विनियोजन गरिएकै योजनामा खर्च बढाउन सकेका छैनन् । आन्तरिक स्रोत सुदृढ पार्न नसकेका प्रदेश सरकारहरू यो वर्ष बजेट बढाउन […]

सरकारले असारदेखि जारी लकडाउनलाई ‘लुजडाउन’ लागू गर्ने

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहका प्रवक्ता जनकराज दाहालले […]

खाली सिलिन्डरहरु उद्योगसम्म पु¥याइदिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनका धेरै खाली सिलिन्डरहरु व्यक्तिका घर, टोल र आइसोलेसन सेन्टरमा थुप्रिएको भन्दै ती सिलिन्डर उद्योगसम्म पु¥याइदिन आग्रह गरेको छ । विभिन्न कारणले व्यक्तिका घर, टोल, विभिन्न आइसोलेसन सेन्टर र अस्पतालमा पुगेका सिलिन्डर अक्सिजन भर्न समयमा नै उद्योगहरुमा नपुग्दा अक्सिजन आपूर्तिमा समस्या हुने भन्दै मन्त्रालयले उद्योगमा पु¥याइदिन आग्रह गरेको हो । ती […]

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ । डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिनुभयो । उहाँका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ । नेपाललाई हालसम्म […]

स्वस्थ्य चौकीलाई खाँडादेवि प्रगतिशील युवा समाजद्वारा स्वस्थ्य सामाग्री प्रदान

रामेछापको खाँडादेवी गाउँपालिकामा रहेको खाँडादेवी प्रगतिशील युवा समाज पकरबासले स्वस्थ्य चौकीलाई आज विभिन्न स्वस्थ्य सामाग्री हस्तान्तरण गरेको छ । खाँडादेवी प्रगतिशील बिपद कोषबाट कोरोना माहामारि नियन्त्रण तथा रोकथामको लागि उक्त सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिनुभयो । पकरबास स्वास्थ्य चौकीमा अक्सिजन कन्सनटेटर २ थान इलोक्ट्रनिक औजार सफा गर्ने अटोकेल्भ १ थान सेनिटाइजर […]

रामेछापको आठ वटा स्थानीय तहको लागि ३ अर्ब ५ करोड बजेट विनियोजन

संघीय सरकारले रामेछापको लागि आर्थिक बर्ष २०७८/०७९ को लागि ३ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । सरकारले रामेछापको आठ वटा स्थानीय तहको लागि उक्त बजेट विनियोजन गरेको हो । रामेछापमा सबै भन्दा बढी बजेट मन्थली नगरपालिकाको लागि ५८ करोड ५७ लाख रहेको छ भने सबै कम उमाकुण्ड गाउँपालिकाको लागि २९ करोड  ४२ लाख […]

अब जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने

जिल्ला अस्पताल रामेछापमा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ । अर्थ मन्त्रालयले ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै रामेछाप जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो । देशका विभिन्न अस्पताललाई ८ करोड १० लाख रुपैयाँ बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयले रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ छुट्याएको हो । त्यसका लागि जिल्ला अस्पताल रामेछापले […]

पत्रकार संकट ब्यबस्थापन कोषमा चौहानद्वारा १० हजार आर्थिक सहयोग

ओके कान्तिपुरका कार्यकारी निर्देशक , युवा व्यावसायि एवं समाजसेवी कमल चौहानले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा १० हजार आर्थिक सहयोग गरेका छन् । मन्थली नगरपालिका वडा नं १३ फुलासी घर भएका चौहान लामो समय देखि दोलखाको चरिकोटमा ब्यबसाय गर्दै आएका छन् । मनका धनी चौहानले यस अघि पत्रकार महासंघ दोलखाले स्थापना […]