रामेछापमा आईपुग्यो पीसीआर मेशिन,सन्चालनमा आउन भने समय लाग्ने

रामेछापमा आईपुग्यो पीसीआर मेशिन,सन्चालनमा आउन भने समय लाग्ने

रामेछामा कोरोना भाईरस संक्रमण भए नभएको थाहा पाउन जाँच गरिने पीसीआर मेशिन जिल्ला अस्तालमा आईपुगेको छ । बागमती प्रदेश सरकारको एक जिल्ला एक पीसीआर मेशिन अभियान अन्तर्गत रामेछापमा पनि पीसीआर मेशिन आईपुगेको हो ।

जिल्लामा पिसिआर मेसिन आइपुगेको भएपनि सन्चालनमा आउन भने समय लाग्ने जिल्ला अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । जिल्लामा उक्त मेसिन सन्चालन गर्न आवश्यक पर्ने जनशक्ति नभएकाले त्यसका लागी जनशक्ति माग गर्ने, पीसीआर मेशिन राख्ने ठाउँको व्यवस्थापन गर्ने लगायतको काममा केहि समय लाग्ने अध्यक्ष पाख्रिनले बताउनुभयो ।

जिल्लामा पीसीआर मेशिन भदौ पहिलो हप्तादेखी सन्चालनमा ल्याउने तयारीमा आफुहरु रहेको उहाँले बताउनुभयो । यसअघि जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना परीक्षणका लागि संकलित स्वाब काठमाडौँ, सिन्धुली, धुलिखेल लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो ।

जसका कारण स्वाब संकलन भएको ५ दिनसम्म पनि रिपोर्ट नआउने समस्या थियो । अब भने पीसीआर मेसिन जडान भएर सञ्चालनमा आएपछि कोरोना परीक्षणको पिसिआर रिपोर्ट पनि चाँडै आउनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार