रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछाप गोकुलगंगा गाउँपालिका–२ को वडाअध्यक्षमा कांग्रेसको प्यानलै विजयी

रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा नेपाली कांग्रेसका वडाध्यक्ष सहित पूरै प्यानल विजयी भएका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार सुन्दर कार्की ८ सय ७० मतका साथ बिजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी एमालेका गजेन्द्र श्रेष्ठले ४ सय ८८ मत पाउनुभएको छ । यसअघि गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा पनि कांग्रेसकै वडा अध्यक्ष विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार