रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका वडा नं १ मा काँग्रेसको जित

रामेछापको मन्थली नगरपालिका १ मा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । जिल्ला सदरमुकाम रहेको उक्त वडामा काँग्रेस बहुमत सहित विजयी भएको हो । आईतबार सम्पन्न मतगणनामा काँग्रेसका होमप्रसाद पौडेल ( रामहरी ) ले ९ सय २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेशराज सुवेदीले ७ सय ८४ मत प्राप्त गर्नुभएको छ । महिला वडा सदस्य र एक खुला सदस्यमा काँग्रेस र महिला सदस्य र खुला सदस्य १ मा नेकपा एमालेका उम्मेदवारले विजय हासिल गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार