रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिका वडा नं १ मा कांग्रेसका रेखवहादुर खत्री विजयी

रामेछाप नगरपालिकाको वडा नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार रेखवहादुर खत्रीले विजय हासिल गर्नुभएको छ । उक्त वडामा नेकपा एमालेका शिव कार्कीलाई पराजित गर्दै खत्रीले ६ सय ३० मत प्राप्त गर्नुृभएको छ । कार्कीले भने ५ सय ९४ मत पाउनुभयो । वडामा ३ वटा सदस्य नेकपा एमालेबाट र १ सदस्य नेपाली काँग्रेसबाट निर्वाचित भएका छन् ।

मत परिणाम यस प्रकार छ :

नेपाली काँग्रेसबाट रेख ब खत्री : ६३० ( विजयी )

शिव कार्की एमालेबाट : ५९४

बाबुराम कार्की समाजवादीबाट : १५४

 वडा नंम्वर १ ” गाेठगाउँमा ” नव निर्वाचित वडा समिति  : 

वडा अध्यक्ष : रेख बहादुर खत्री ( कांग्रेस ) -६३०

महिला सदस्य : श्री कुमारि श्रेष्ठ ( एमाले )- ६२२

दलित महिला सदस्य : निर्मला सार्की (एमाले )- ६११

खुल्ला सदस्य : दिपक नेपाली (एमाले)- ६०९

खुल्ला सदस्य : सन्जित कार्कि ( कांग्रेस )- ६१८

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार